१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २६, २०७७

जिल्ला प्रहरी कार्यालय पर्साले अबैद्य बित्तीय कारोबारमा संलग्न रहेको अभियोगमा एकजनालाई नगद रकम सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १३ बस्ने भतौडा निवासी ३८ बर्याीय जयराम राउत कुर्मी रहेका छन् ।बिशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ६ स्थित जय माँ अम्बे टेड्रर्सबाट कुर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । उनको साथबाट नगद सात लाख ७५ हजार,४ सय ७० सहित ७ हजार ४ सय भारतीय रुपैयाँ एवम् बब्लु राजको नाउमा जारी भएको नगद २ लाख तथा रामप्रसाद पटेलको नाउमा जारी भएको ५ लाख ६० हजारको चेक समेत बरामद भएको पनि प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।

उनी बिरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरुद्वको कसुरमा अनुसन्धान अगाडी बढाइएको र माँ अम्बेका संचालक फरार रहेको र उनको पनि खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।यसैबीच पर्सा प्रहरीले लागू औषध गाँजा ३ किलो सहित एकजनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ अनपाइन बिद्यालय नजिकबाट वीरगन्ज महानगरपालिका वडा नम्बर १८ बस्ने १९ बर्षीय प्रिन्स पटेललाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

उनले ना. ४६ प. ५३२९ नम्बरको मोटरसाइलमा चढी शरिरमा ३ किलो गाँजा लुकाएर ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको र उनीमाथि पनि अनुसंधान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]