०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २६, २०७७

रसुवा – चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङमा रोकिएका ११ जना नेपाली घर फर्किएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण रसुवागढी नाकाबाट आवतजावत गर्न रोक लगाइएपछि उनीहरू त्यहीँ रोकिएका थिए ।

रसुवागढी अध्यागमन कार्यालयका अनुसार रसुवाकी सिता तामाङ, सरोज नेगी, खिरानी घले फर्किएका हुन् । पर्साका रजन राम, रोहित कुमार राम, बाल मिक्की महरा, राम किशोर राम, धादिङका लिलासिंङ तामाङ, बाराका राम बहादुर महत्तो, मुकेश प्रसाद कानु र सिन्धुपाल्चोकका बलराम नेपाली घर फर्किएका कार्यालयले जनाएको छ ।कामको सिलसिलामा करिब २ वर्षदेखि उहाँहरू केरुङमा पुग्नुभएको थियो । सिलाई, सुन पसल, सुपर मार्केट, गेष्ट हाउसमा काम गर्ने तथा आफैँले व्यवसाय गरेर बसेकाहरु फर्किएका प्रमुख एकनारायण भण्डारीले बताउनुभयो ।

‘उहाँहरू एक महिनाअघि कार्यालयको सम्पर्कमा आउनुभएको थियो’, उहाँले भन्नुभयो, ‘एक महिनाको प्रयासपछि उहाँहरूलाई नेपाल ल्याउन सफल भयौँ ।’कन्सुलर विभाग मार्फत ल्हासाको महावाणिज्य दूतावाससँग समन्वय गरेर नेपाल फर्काइएको हो । केरुङमा नै कारोना परीक्षण गरेर उहाँहरूलाई नेपाल ल्याइएको हो । २०७६ माघ १५ गतेदेखि नाकाबाट मान्छेको आवतजावत हुन सकेको छैन । चीनबाट आउने सामग्री पनि चिनियाँ गाडीले नेपाली भूभागमा ल्याएर झारिदिने गरेको छ । कोरोना देखिनुभन्दा अघि केरुङमा व्यवसाय गरेर बस्ने नेपालीको संख्या धेरै थियो ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]