१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २५, २०७७

रौतहट – रौतहटको सिमानासँगै जोडिएको बाराको निजगढमा १७ वर्षीय किशोरको हत्या गर्नेलाई प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ गरेको छ ।

निजगढ नगरपालिका–९ घर भएका १९ वषीय रोहित शर्माको सोमबार राति आफ्नै घरमा घांटी रेटी हत्या भएको थियो । हत्यामा संलग्न रहेका रौतहटको चन्द्रपुर नगरपालिका वडा. नम्र ४ मा पान पसल गरेर बस्ने मक्करे भन्ने ३० वर्षका अरुण कुमार साहलाई मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।मृतक शर्मा हत्या गरेर उनको घरबाट साह मङ्गलबार बिहान साढे चार बजेको समयमा मोटरसाइकलमा निस्केको सीसीटिभी फुटेजमा देखिएपछि निजगढ प्रहरी बिहानै चन्द्रनिगाहपुर आएको थियो । हत्यामा संलग्न साहलाई उनकै पान पसलबाट पक्राउ गरिएको र उनले हत्या आफैले गरेको स्वीकार गरेको ईलाका प्रहरी कार्यलय निजगढका प्रमुख ईन्स्पेक्टर विकास थपलियाले जानकारी दिएकाछन् ।जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता डिएसपी गौतम मिश्र सहितको टोलीले साहको पसलबाट हत्यामा प्रयोग भएको चक्कु, रगतले ओतपोत भएको कपडा र मोटरसाइकलसहित साहलाई पक्राउ गरेको हो ।

हत्याको कारणको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता गौतम मिश्रले रातोपाटीलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]