०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २५, २०७७

सशस्त्र प्रहरीले रौतहटको सीमाबाट ठूलो परिमाणमा सोफी बरामद गरेको छ । नेपालबाट भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सोमबार साँझ सीमावर्ती क्षेत्रबाट ४० कार्टुन सोफीसहित तीनजनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वार्टर गौरबाट गाएको टोलीले राजदेवी नगरपालिकास्थित ब्रह्मपुरीबाट सोफी बरामद गरेको सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वार्टर गौरले जनाएको छ । राजदेवी नगरपालिका– ९ बस्ने ४० वर्षीय असरत महतो, सोही नगरपालिका ९ कै २४ वर्षीय श्री महतो र सोही स्थानका १७ वर्षीय एन महतो पक्राउ परेका हुन् ।

भारतको बिहारमा मदिरा बन्द भए पनि रौतहटसँग सीमा जोडिएका विभिन्न सीमावर्ती क्षेत्रबाट मदिरा भारततर्फ तस्करी हुने गरेको छ ।
बरामद गरिएको सोफी मंगलबार भन्सार कार्यालय गौरमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]