०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २३, २०७७

काठमाडौं – दोस्रो प्राथमिकतामा परेकाहरुलाई लक्षित गरि आइतबारदेखि सुरु हुन लागेको कोरोनाविरुद्दको खोप कार्यक्रमका लागि काठमाडौं जिल्लामा ३९ वटा खोप केन्द्र तोकिएको छ।

यसअघि ३५ वटा केन्द्रको प्रस्ताव गरिएको थियो। स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौं महानगरभित्र १४ सहित काठमाडौं जिल्लाका ११ वटा नगरमा ३९ वटा खोप केन्द्र निर्धारण गरेको हो। कार्यालयले यसअघि प्रस्ताव गरेका केन्द्रमा केही थप र संशोधन गर्दै खोप केन्द्रको संख्या ३९ पुर्‍याएको हो। जसमा काठमाडौं महानगरभित्र वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल, काठमाडौं मेडिकल कलेज, नेपाल प्रहरी अस्पताल, श्री विरेन्द्र अस्पताल, स्तुपा अस्पताललाई खोप केन्द्र तोकिएको छ। यस्तै हिमाल अस्पताल, ओम हस्पीटल एण्ड रिसर्च सेन्टर, क्षेत्रपाटी निशुल्क चिकित्सालय, जनमैत्री अस्पताल र मदर ल्यान्ड अस्पताललाई पनि काठमाडौं महानगरभित्रका लागि खोप केन्द्र तोकिएको छ।

कागेश्वरी मनोहरामा मुलपानी नगर अस्पताल र आलापोट स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको छ।गोकर्गोश्वरमा नेपाल मेडिकल कलेज, गोकर्ण प्राथमिक अस्पताल र शंकरापुर अस्पताललाई खोप केन्द्र तोकिएको छ।यस्तै शंकरापुरमा सुष्मा कोइराला अस्पताल, इन्द्रायणी प्राथमिक स्वाथ्य अस्पताल र लप्सीफेदी स्वास्थ्य चौकीलाई खोप केन्द्र निर्धारण गरिएको छ। बुढानिकण्ठमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र करुणा अस्पताल, चुनिखेललाई खोप केन्द्र बनाइएको छ।यस्तै टोखा नगरपालिकामा ग्राण्डी अस्पताल, टोखा चण्डेश्वरी अस्पताल र अल नेपाल अस्पताललाई खोप केन्द्र तोकिएको छ।

नागार्जुनमा रामकोट प्राथमिक स्वास्थ्य केन्द्र र सितापाइला स्वास्थ्य चौकी, तारकेश्वरमा धर्मस्थली स्वास्थ्य चौकी र मनमैजु स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको छ।चन्द्रागिरी नगरपालिकामा चन्द्रागिरी प्राथमिकत अस्पताल, शशस्त्र प्रहरी अस्पताल, सतुंगल स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको छ।किर्तिपुरमा आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, विष्णु देवी अस्पताल र पाँगा स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको छ।यस्तै दक्षिणकालीमा शेष नारायण स्वास्थ्य चौकी र चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई खोप केन्द्र निर्धारण गरिएको छ।सरकारले आज आइतबारदेखि देशभरका विभिन्न खोप केन्द्र मार्फत ६५ वर्ष माथिका नागरिकलाई खोप लगाउने घोषणा गरिसकेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारदेखि १० दिनसम्म ६५ वर्ष माथिका व्यक्तिहरुलाई खोप लगाइने र १० दिनपछि अर्थात चैत ४ गतेदेखि ५५ देखि ६४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई खोप लगाइने जनाएको छ।

यसअघि पहिलो प्राथमिकतामा परेका कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मी, कोरोना संक्रमित शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा पत्रकारहरु र बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई पनि खोप दिइसकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]