०३ माघ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, कार्तिक १४, २०७७

सप्तरी — कलाकार सुशीला दाहालको ६७ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो वर्षयता अमेरिका बस्दै आएकी उनको क्यान्सरको कारण‍ बिहीबार ‘बस्टन’मा निधन भएको कलाकार हरिवंश आचार्यले बताए । ‘मह जोडी’सँग उनले चर्चित टेलीश्रृंखला ‘लालपूर्जा’, ‘चिरञ्‍जीवी’, ‘भकुन्डे भुत’ लगायतमा अभिनय गरेकी थिइन् ।

‘हाम्रो हिट सिरियल लालपूर्जामा उहाँले मेरो आमाको भूमिका निभाउनु भएको थियो । ‘चिरञ्‍जीवी’ भन्ने सिरियलमा मेरो छोरीको भूमिका निभाउनु भएको थियो । उहाँ असाध्यै मिलनसार हुनुहुन्थ्यो,’ हरिवंश सम्झन्छन्, ‘सुटिङमा पनि सहयोगी भावना राख्नुहुन्थ्यो । एकदमै सकारात्मक सोचको व्यक्ति हुनुहुन्थ्यो । उहाँ मलाई भाइ भनेर सम्बोधन गर्नुहुन्थ्यो । मलाई पनि उहाँ आफ्नै दिदीजस्तो लाग्थ्यो । राम्रो अभिनय गर्ने कलाकारमा पर्नुहुन्थ्यो ।’
उनी अमेरिका बस्न थालेको ९/१० वर्ष भएको थियो । अमेरिकामा दुई पटक उनीसँग हरिवंशको भेट भएको थियो । ‘चार वर्षअगाडि मात्रै अमेरिका गएको बेलामा उहाँसँग भेटेका थियौं । हाम्रो कार्यक्रम हेर्न आउनु भएको थियो,’ उनले सुनाए, ‘उहाँलाई क्यान्सर भएको रहेछ । कस्तो हुनुहुन्छ ? भनेर सोध्दा मलाई ठीक हुन्छ भाइ क्यान्सरसँग लड्दै छु भन्नुहुन्थ्यो । क्यान्सर लागेर पनि झण्डै झण्डै ७/८ वर्ष बाँच्नुभयो दिदी । आज बिहान उहाँको निधनको खबर सुनें । निकै मर्माहित बनायो ।’

अमेरिका जानुअघि सुशीलाले नेपाली फिल्ममा अभिनय गर्थिन् । उनको निधनको तीन दिनअघि श्रीमान् बद्री दाहालको पनि अस्ट्रेलियामा मृत्यु भएको परिवार स्रोतले जनाएको छ । सुशीलाका एक छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]