काठमाडौं – घूस लिएको आरोपमा सब–इन्जिनियर पक्राउ परेका छन् । ५० हजार घूस रकमसहित हेटौंडाबाट सब–इन्जिनियर नेत्र लामिछाने पक्राउ परेका हुन् ।
पर्यटन विकास आयोजना वाग्मती प्रदेशमा कार्यरत प्राविधिक नेत्र लामिछानलाई शुक्रबार हेटौंडाबाट घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टालीले लामिछानेलाई पक्राउ गरेको हो ।