१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २१, २०७७

बुधबार मात्र भारतको आयकर बिभागले बलिउड निर्माता अनुराग कश्यप, नायिका तापसी पन्नु र उनीहरुले संचालन गरिरहेको फ्यान्टम फिल्मस्को अफिसमा छापा मारेको थियो ।

यस्तै, विभागले फिल्म निर्माण कम्पनी फ्यान्टमका अन्य केही सदस्यहरुको घरमा पनि छापा मार्यो । आयकर विभागका सदस्यहरुले नायिका तापसी पन्नु र फिल्म कम्पनीसँग जोडिएका अन्य सदस्यहरुले फोनबाट सबै डाटा हटाएको शंका गरेका छन् । यसका लागि उनीहरुले आइटी विज्ञसँग सहयोग मागेका छन् ।भारतीय मिडियाका अनुसार, यो बिषयमा सोधपुछका लागि आयकर विभागले केही दिनमै तापसी र अनुरागलाई बोलाउन सक्नेछ ।आयकर विभागका कर्मचारीहरुले भारतीय मिडियासँग कुरा गर्दै फ्यान्टम फिल्मस्का शेयर होल्डरहरुले ६५० करोड रुपैयाँ बराबरको आयकर चोरी गरेको आशंका गरेका थिए । उनीहरुले फर्जी खर्च र नक्कली बिल प्रस्तुत गरेका छन् ।

तापसी र अनुराग यतिबेला चलचित्र ‘दोबारा’को छायांकन गरिरहेका छन् । आयकर विभागले मुम्बई र पुणेका विभिन्न ३० स्थानमा छापा मारेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]