०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २१, २०७७

सुर्खेत – सुर्खेतमा फागुन २३ गतेदेखि समुदाय स्तरमा कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ ।

समूदाय स्तरमा सुरुवातमा ६५ वर्षभन्दा माथि उमेर समूहकालाई खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।सुर्खेतका नौ वटा स्थानीय तहमध्ये पहिलो चरणमा वीरेन्द्रनगर, लेकवेशी र भेरीगंगा नगरपालिका, बराहताल र चिंगाड गाउँपालिकामा खोप लगाइने भएको छ । यी स्थमनीय तहहहरुमा फागुन २३ देखि २५ गतेसम्म खोप लगाइने वरिष्ट जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले जानकारी दिए । त्यसैगरी दोस्रो चरण अन्तर्गत फागुन २६ देखि २८ गतेसम्म गुर्भाकोट, पन्चपुरी नगरपालिका, चौकुने र सिम्ता गाउँपालिकाका स्थानीयलाई खोप लगाइने वाग्लेले बताए ।

‘पहिले छुटेका र ६५ वर्ष भन्दा माथिका नागरिकलाई फागुन २३ गतेबाट खोप लगाउन सुरु गर्दैछौं ।’ जनस्वास्थ्य सेवा कार्यालयले बिहीवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वाग्लेले भने, ‘खोप कार्यक्रमको लागि स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिइसकेका छौ ।’दोस्रो चरण अन्र्तगत सुर्खेतमा २४ हजार नौ सय ७६ जनालाई खोप लगाइनेछ । यो खोप लगाउन दुई सय ५६ जना स्वास्थ्यकर्मी, छ सय जना भन्दा बढी स्वंयसेवक र चार वटा चिकित्सक टोली खटाउने योजना बनाएको वाग्लेले बताए ।सुर्खेतमा हालसम्म हालसम्म झण्डै साढे सात हजारले कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार माघ १४ यता हालसम्म सात हजार चार सय ७५ जनाले खोप लगाएका छन् ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत वाग्लेका अनुसार पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म दुई हजार तीन सय ४० र फागुन २ देखि १० गतेसम्म पाँच हजार एक सय ३५ जनाले खोप लगाएका छन् । दोश्रो डोज बैसाख पहिलो सातादेखि १५ गतेसम्म लगाईने वाग्लेले जानकारी दिए । सुर्खेत जिल्लामा कोरोनाका कारण हालसम्म २२ जनाको मृत्यृ भएको छ । तीन जना नेपालगन्ज तथा काठमाडौंका अस्पतालमा मृत्यृ भएको जनस्वस्थ्य सेवा कार्यालयको तथ्यांकमा उल्लेख छ ।

जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकृत गणेशभक्त गौतमले अहिलेको अवस्थामा कोरोनाको आतंक नभएपनि विभिन्न उत्तरचढाबहरु आइरहेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]