०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १९, २०७७

अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीले आयोजना गर्न लागेको ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग ‘नेसनल फुटसल लिग २०७८’ का सबै खेल कान्तिपुर टेलिभिजन र इकान्तिपुरले प्रत्यक्ष प्रसारण गर्ने भएका छन् ।

प्रतियोगिता पोखरास्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुनेछ । एन्फाले यसअघि प्रतियोगिताको व्यापार प्रबन्धक र व्यवस्थापनका लागि टर्नपाइक इभेन्ट्स प्रालिसँग सम्झौता गरिसकेको छ टर्नपाइकले टेलिभिजनको प्रत्यक्ष प्रसारण अधिकार र डिजिटल प्रत्यक्ष प्रसारण अधिकारका लागि कान्तिपुर टेलिभिजन र इकान्तिपुर डटकमसँग बुधबार सम्झौता गरेको हो । सम्झौतामा अखिल फुटसल कमिटीका प्रमुख रत्नकुमार श्रेष्ठ, कान्तिपुर टीभीका ब्रोडकास्टिङ निर्देशक सुरजसिंह ठकुरी र टर्नपाइकका उकेश लोहनीले हस्ताक्षर गरे । त्यस सम्झौताअनुसार कान्तिपुर टेलिभिजनले नेसनल फुटसल लिगको सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण गर्नेछ ।

त्यस्तै कान्तिपुरका डिजिटल माध्यम इकान्तिपुर र युट्युब च्यानलबाट पनि नेसनल फुटसल लिगका खेलहरू प्रत्यक्ष प्रसारण गरिनेछ । कार्यक्रमका अवसरमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले कान्तिपुरसँग सहकार्य गर्न पाउनु खुसीको कुरा रहेको बताए । उनले भने, ‘यो प्रतियोगिताको सफल आयोजनाले नेपाली फुटसलले फड्को मार्नेछ ।’ यस्तै ब्रोडकास्टिङ निर्देशक ठकुरीले प्रतियोगिताको प्रतक्ष्य प्रसारण अब्बल दर्जाको हुने बताए । टर्नपाइकका लोहनीले प्रतियोगिताले नेपाली फुटसललाई उत्साह र प्रोत्साहन दिने बताए ।नेसनल फुटसल लिगमा हुने राउन्ड रोबिनका ४५ र नकआउट राउन्ड ‘इलिमिनेटर’ का चार खेल गरेर सबै ४९ खेल कान्तिपुर टिभी र कान्तिपुर डिजिटल प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण हुनेछन् । नेसनल फुटसल लिगको छनोट चरणका खेल चैत १ देखि सुरु हुनेछ । प्रदेश १ को इटहरी, प्रदेश २ को हेटौंडा, वाग्मती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशका पोखरा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको दाङमा छनोट चरणका खेल हुनेछन् ।

छनोट चरणपछि प्रदेश १ बाट २, प्रदेश २ बाट १, वाग्मती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट २ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट मिलाएर १ टिम गरेर १० क्लबले नेसनल फुटसल लिगमा प्रतिस्पर्धा गर्नेछन् । नेसनल फुटसल लिग विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । त्यस्तै प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ सहित विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि नगदबाट पुरस्कृत गरिने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]