बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ परेका छन्।
ललितपुर महानगरपालिका-१४ तिखिदेवलका ४४ वर्षीय तेजबहादुर खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो।उच्च अदालत पाटनले २०७६ असार २३ गते पाँच दिन कैद र २१ लाख रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो।सजाय बेरुजू भई फरार उनलाई सिआइबीको टोलीले मंगलबार तिखिदेवलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिइन्।
अदालतको फैसला कार्यान्वयन गर्न चितवन जिल्ला अदालतमा उनलाई पेश गरेको छ।तेज बहादुर खड्काले २०७५ सालमा आफ्नो खातामा पैसा नभएको थाहा हुँदाहुँदै सफायर ट्रेडिङ कम्पनी प्रालि, महालक्ष्मीस्थानको नामबाट सिभिल बैंक लिमिटेड, शाखा कार्यालय जावलाखेलको चेक काटेका थिए। उनले विभिन्न मितीमा चेकहरू काटेर पीडित अन्जनी नन्दन मारूलाई दिएका थिए।
चेक बाउन्स भएपछि मारूले प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।