११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १९, २०७७

दाङ – दाङको बबई गाउँपालिकास्थित ट्वाङखोलामा ११ वर्षीय बालिका बलात्कारको शिकार भएकी छन् ।

मंगलबार साँझ ६ बजेतिर दही किनेर फर्केकी बालिकालाई ट्वाङखोला भन्ने ठाउँमा १३ वर्षीय बालकले बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न आरोपमा प्रहरीले १२ र १३ वर्षीय दुईजना बालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ट्वाङखोला जंगलमा तरकारी खोज्न गएका दुई बालकले बालिका देखेपछि आक्रमण गरेका थिए । ईलाका प्रहरी कार्यालय खिलतपुरका इन्स्पेक्टर मोहन विक्रम केसी नेतृत्वको टिमले दुवै बालकलाई पक्राउ गरेको हो ।
पीडित बालिकाकी आमा बिरामी छन् । दिदीको दुवै मिर्गौला ‘फेल’ छ ।

आमाको लागि दही किन्न स्थानीय खयरबुट्टी बजारमा गएर फर्किँदै गर्दा बालिकालाई दुई बालकले जंगलमा घेरा हालेका थिए । बालिकासँगै गएका उनका भाइलाई एकजनाले हप्काउँदै घटनास्थलबाट लखेटेको र १३ वर्षीय बालकले चाहिँ बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् ।‘दुईजना बालक पक्राउ परेका छन्,’ जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले रातोपाटीसँग भने, ‘थप अनुसन्धान गर्दैछौं ।’ मुख थुनेर बालिका बलात्कार गरेपछि आरोपीले ‘कसैलाई भनेमा राम्रो नहुने’ धम्की दिएका थिए । दही खान दिन्छु र पैसा पनि दिन्छु भनेर बालिका त्यहाँबाट उम्केको घटनास्थलमा रहेका इन्सपेक्टर मोहनविक्रम केसीले रातोपाटीलाई बताए ।

बालिकालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । बालिकाको योनीबाट रगत बगिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]