१९ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १९, २०७७

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग भएको वार्ता सहमति नजिक रहेकाे जनाएका छन्।

सरकारी वार्ता टाेलीका संयाेजकसमेत रहेका गृहमन्त्री थापाले विप्वलसँग धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक रहेको स्पष्ट पारेका हुन्।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही विषयमा छलफल जारी छ। छिट्टै सुखद परिणाम आउने अपेक्षा छ।’थापा नेतृत्वमा रहेको सरकारी वार्ता टोली र विप्लवका तर्फबाट खडकबहादुर विश्वकर्मा संयोजकत्वको टोलीबीच बुधबार बिहान प्रधानमन्त्री निवासमा वार्ता भएको थियो।

वार्ता टोली सदस्यमा सरकारका तर्फबाट प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई तथा विप्लवका तर्फबाट उदय चलाउने छन्।थापाले फेसबुकमा लेखेका छन्, ‘मेरो नेतृत्वमा रहेको नेपाल सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच आज भएको पहिलो वार्ता सकारात्मक छ।’ सरकारले गत वर्ष फागुन २८ गते विप्लवका गतिविधि प्रतिबन्ध लगाएको थियो। त्यसपछि विप्लवका कार्यकर्ताले देशका केही ठाउँमा हिंसात्मक गतिविधि गर्दै आएका थिए।सरकारले मंगलबार वार्ता टोली गठन गरेपछि विप्लव पनि वार्तामा बस्न तयार भएको हो। सरकारले वार्ता गरे पनि विप्लव नेकपाका गतिविधिमाथि लगाएको प्रतिबन्ध भने फुकुवा गरेको छैन।

अब अर्को वार्ता कहिले हुन्छ भन्नेमा केही खुलाइएको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]