०५ बैशाख २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७

फ्लोरिडा – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राजनीतिक पार्टी गठन नगर्ने बताएका छन् ।

कन्जरभेटिभ सम्मेलनका क्रममा ट्रम्पले आफूले खोल्ने दलका कारण रिपब्लिकनको मत विभाजित हुने भन्दै दल नखोल्ने प्रस्ट पारेका हुन् ।अमेरिकी राष्ट्रपतिमा पराजित भएपछि पहिलोपटक बोल्दै उनले सन् २०२४ को राष्ट्रपतीय चुनावमा पुन: प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् । त्यस क्रममा उनले आफ्ना उत्तराधिकारी जो बाइडेनको कडा शब्दमा आलोचना गरेका बीबीसीले उल्लेख गरेको छ । ‘हामीसँग रिपब्लिकन दल छ । यो अझै एकीकृत हुँदै छ र झन् बढी बलियो बन्दै छ,’ ट्रम्पले भनेका छन् ।जो बाइडेनको नीति ‘अमेरिका पहिलो नीतिबाट अमेरिका अन्तिम’ तर्फ गएको उनको दाबी छ । अमेरिकाको फ्लोरिडामा जारी ‘कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी) पुरातनवादी कार्यकर्ता तथा राजनीतिज्ञहरूको ठूलो कार्यक्रम हो ।

उक्त सम्मेलनले सामान्यत: अमेरिकाको प्रमुख दल रिपब्लिकनलाई नीति निर्माणमा निर्देशित गर्ने ठानिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]