२१ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७

भारतमा कोरोनाभाइरस संक्रमितको संख्यामा लगातार तीव्र गतिमा वृद्धि देखिएको छ । २२ राज्यका १४० जिल्लामा कोरोनाको ग्राफ उकालो लागिरहेको छ ।
१० दिनअघिसम्म यस्ता १२२ जिल्ला मात्र थिए । सबैभन्दा बढी असर महाराष्ट्रमा देखिएको छ जहाँ सबै ३६ जिल्ला प्रभावित बनेका छन् । यसका अलावा केरलका ९, तमिलनाडुका ७, पञ्जाब र गुजराजका ६–६ जिल्ला रहेका छन् । यी जिल्लाहरुमा पछिल्लो दुई महिनाको तुलनामा हर दिन कोरोना संक्रमितको संख्यामा तीव्र बृद्धि भइरहेको छ ।भारतमा हाल १.६५ लाख सक्रिय संक्रमित रहेका छन् । यस मामिलामा भारत विश्वमा १३ औँ स्थानमा उक्लिएको छ । दुई दिनअघि भारत १५ औँ स्थानमा रहेको थियो । १० दिनअघि भारत सक्रिय संक्रमितको मामिलामा शीर्ष १५ देशको सूचीबाट बाहिरिइसकेको थियो । हर दिन धेरै संक्रमित भेटिने देशको सूचीमा भारत अब ४–५ नम्बरमा आइपुगेको छ ।पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ५६३ जना नयाँ संक्रमित फेला परेका छन् ।

यसक्रममा ११ हजार ९९० जना संक्रमित निको भएका छन् भने ८० जनाको मृत्यु भएको छ । हालसम्म भारतमा १.११ करोड बढी संक्रमित भइसकेका छन् । यसमध्ये १.०७ करोड निको भएका छन् । १.५७ लाख जनाले ज्यान गुमाइसकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]