१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वमा यो वर्ष कोरोनाको महामारी नहट्ने बताएको छ ।

डब्लूएचओका इमरजेन्सी डाइरेक्टर माइकल रेयाले सोमबार चेतावनी दिँदै भने, ‘यो वर्ष विश्वलाई कोरोनाविरुद्धको लडाईंमा सफलता मिल्नेछ भनेर सोच्नु गलत हुनेछ तर अस्पताल भर्ती हुने बिरामी र मृत्युको सङ्ख्यामा कमी गरेर यस त्रासदीबाट बाहिर भने निस्कन सकिनेछ ।’ उनले पछिल्लो हप्ता विश्वभर कोरोनभाइरस संक्रमितको संख्या बढेको बताउँदै यसबाट हामीले सर्तक हुनुपर्ने जिकिर गरे ।डब्लूएचओका प्रमुख ट्रेडोस घेब्रेसियसले पछिल्लो हप्ता यूरोप अमेरिका र दक्षिण पूर्वी एसियाका देशहरुमा कोरोनाभाइरस संक्रमणको मामिला बढेको बताए । यस्तो पछिल्लो सात हप्तामा पहिलो पटक देखिएको उनको भनाइ थियो । उनले यो निकै निराशाजनक भएको बताए । धेरै देशहरुमा सामाजिक दुरीमाथिको कडाइ कम गर्दै लगिएको कारण यस्तो भएको हुनसक्ने उनको भनाइ छ । ‘मानिसहरु लापरवाह हुँदैछन्, जसले कोरोनाभाइरसको भेरिएन्ट तीव्र गतिमा फैलिँदैछ,’ उनले भने ।

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ११.४९ करोड बढी पुगेको छ । यसमध्ये ९ करोड ६ लाखभन्दा बढी निको भएका छन् । हालसम्म २५ लाख ४९ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]