०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता औँल्याउनुभएको छ ।

सोमबार पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) को तेश्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा क्षेत्रमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।नेपालमा राजनीतिक परिवर्तनहरु भए पनि पुरानै शिक्षा ऐन अनुसार काम गर्नुपर्ने बाध्यता रहेकाले पुरानो शिक्षा ऐनलाई पनि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । अहिलेपनि शिक्षा ऐन २०२८ अनुसार नै काम गर्नुपर्ने अवस्था रहेकाले पुरानै ठाउँमा उभिएर नयाँ परिवर्तनको महसुस गर्न नसकिने उहाँको तर्क थियो ।

‘नेपालको शिक्षा नीतिको सन्दर्भमा अहिले म जुन ठाउँमा उभिएको छु, म सन्तुष्ट छैन । शिक्षा मन्त्रालय ​अहिलेपनि २०२८ सालको ऐनमा चलिरहेको छ । पञ्चायती कालको शिक्षाको ऐन अनुसार ।’ उहाँले भन्नुभयो, ‘अहिले पनि मैले शिक्षा मन्त्रालयमा तोक सदर गर्नुपर्‍यो भने शिक्षा ऐन २०२८ अनुसार लेखेको हुन्छ । पञ्चायती व्यवस्था गएर बहुदल पनि गइसक्यो । लोकतन्त्र र गणतन्त्र पनि आयो । नियम चाहिँ त्यही छ । यसमा परिवर्तन हुनुपर्छ । यस्ता खालका पुरानै ठाउँमा उभिएर नयाँ परिवर्तन खोजेर पाइन्छ ?’

यस्तै उहाँले शिक्षा नीतिको सम्बन्धमा उच्चस्तरीय अधिकारसम्पन्न कार्यदल बनाउनुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]