११ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरी फरार रहेका अभियुक्त जहदा गाउँपालिका १ बस्ने बोज भन्ने ४५ वर्षीय राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गरेको छ ।
राजेन्द्रले फागुन ६ गते साँझ ती बालिकालाई सोही ठाउँस्थित मकैबारीमा लगेर जबरजस्ती करणी उद्योग गरेको उजुरी पछि प्रहरीले खोजी गर्नेक्रममा सुनसरी साहेबगंज सीमा क्षेत्रबाट फेलापारी उनलाई पक्राउ गरेको जनाएको हो ।
राजेन्द्रलाई जवरजस्ती करणी उद्योग कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।