१२ कार्तिक २०८१, सोमबार
wait Please...

एस एन यादब

मंगलबार, कार्तिक ११, २०७७

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा भएको माेटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिदा दुई जनाकाे मृत्यु भएको हाे ।
उक्त दुर्घटनामा परी साइकल चालक मोरङकाे उर्लाबारी नगरपालिकाका ५५ वर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरीकाे सप्तकोशी नगरपालिका वडा न.–७ का मुकेश सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एव डिएसपि भुवनेश्वर साहले जानकारि दिनुभयाे ।
डिएसपि साहका अनुसार श्रेष्ठको विराटनगर र सिंहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तकोशी नगरपालिका वडा न. ७ का २५ वर्षीय अनिलकुमार यादव घाइते भई स्थानीय अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ । यता घटनाको सम्बन्धमा थप अावश्यक अनुसन्धान कायृ भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]