२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

सप्तरी – ५६ वर्षअघि तत्कालीन इलाका अदालत हनुमाननगर सप्तरीबाट डाँका र जालसाज मुद्दामा सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तरीको साबिक पकरी–१ घर भई हाल महादेवा गाउँपालिका–१ का ७६ वर्षीय श्रीलाल यादवलाई पक्राउ गरेको हो ।सप्तरीका डिएसपी भुवनेश्वर साहका अनुसार यादवमाथि डाका मुद्दामा १० वर्ष र जालसाज मुद्दामा ६ महिना कैद सजाय तोकिएको थियो । स्थानीय सुरैतलाल यादवको जाहेरी तात्कालीन सरकार वादी रहेको मुद्दामा तत्कालीन इलाका अदालत हनुमाननगरले २०२३ भदौ ३ मा यादवलाई कैद फैसला गरेको थियो । यस्तै सुरैतलालकै जाहेरीले अर्को जालसाज मुद्दामा २०२१ जेठ १९ मा यादवलाई ६ महिना कैद सजाय तोकेको थियो । ५६ वर्षअघि फैसला गरे पनि उनी प्रहरीको फरार सूचीमा थिए ।

गत शुक्रबार गाउँबाटै पक्राउ गरिएका उनलाई आइतबार अदालतमा उपस्थित गराएर कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]