१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

काठमाडौँ – नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले प्रधानमन्त्री केपी ओली एक मिनेट पनि सत्तामा बस्नलायक नभएको टिप्पणी गरेका छन् ।

नेकपा गुल्मीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता विष्टले सर्वोच्च अदालतले हराउँदा समेत पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको बताएका हुन् ।

‘प्रधानमन्त्री ओली एक मिनेट पनि सत्तामा बस्नलायक हुनुहुन्न । यो नैतिकता पनि होइन,’ उनले भने । नेता विष्टले नेकपाको आधिकारिताको पुष्टि आफ्नो पार्टीमा रहेका बहुमत केन्द्रीय सदस्यहरुले गर्ने बताए ।

उनले पार्टी भनेको व्यक्ति नभएर बहुमत भएको भन्दै निर्वाचन आयोगले पनि त्यसैलाई हेरेर आधिकारिता प्रदान गर्ने र सूर्य चुनाव चिह्न पनि आफूहरुले नै पाउने विश्वास व्यक्त गरे । उनले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिए संविधान, लोकतन्त्र र नेपाल कम्युनिस्ट पार्टीको रक्षा हुने दावी गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]