१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

काठमाडौं – प्रहरीले साइबर ब्यूरोको लोगो दुरुपयोग गरी फेसबुकमा नक्कली पेज बनाउने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय अन्तर्गत रहेको साइबर ब्यूरोले कपिलवस्तु वाणगंगा नगरपालिका २ घर भई हाल रुपन्देही सैनामैना नगरपालिका बस्ने १८ वर्षीय प्रज्वल पोख्रेललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले नक्कली पेजको म्यासेञ्जरबाट आम सर्वसाधारणसँग प्रहरी प्रधानकार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट कुरा गरेको जस्तो भान पार्ने र आपराधिक लाभ समेत असुल गर्ने गरेका थिए । पोख्रेलमाथि सर्वसाधारणको अमन चयन र शान्ति सुव्यवस्था कायम गर्न कटिवद्ध भई अहोरात्र खटिने पवित्र संगठन नेपाल प्रहरीको छवीलाई बदनाम गर्ने र संगठनप्रति आस्थावान आम नागरिकलाई भ्रमित पारी आपराधिक कार्य गर्ने गरेको आरोप प्रहरीले लगाएको छ ।

विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको भन्दै ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर रुपन्देही प्रहरीको सहयोगमा गत बिहीबार पोख्रेललाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी नविन्द अर्यालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]