सप्तरी – वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ७ लाख रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल २५ बस्ने ४० वर्षीय संजय कुमार गुप्ता र सोही ठाउँ बस्ने ३७ वर्षीय बिनोद कुमार रहेका प्रहरीले जनाएको छ। भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एडी ६८६९ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको जनाएको हो ।
उनीहरु उपर वैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ विपरीतको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।