१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

दाङ – दाङमा प्रहरीले ६४ हजार बढी नगदसहित जुवा खेल्दै गरेका ८ जनालाई नियन्त्रणमा लिएको छ।

घोराही उपमहानगरपालिका–८ सेवारबाट ६४ हजार ३०० रुपैयाँसहित जुवा खेलिरहेका ८ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई शुक्रबार बिहान साढे १ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–८ का २८ वर्षीय तिलक वली, सोही ठाउँका ३५ वर्षीय शरद रावत, ३० वर्षीय समिर खड्का, ३५ वर्षीय सुरेन्द्र चौधरी, २१ वर्षीय यादव राना, ४४ वर्षीय शिवु रावत, ४० वर्षीय रमेश वली र जुवा खेलाउने घरधनी सुरेन्द्र सेनजुवा रहेका उनले जानकारी दिए।

साथै खोलेका २ थान र नखोलको ३ थान तासका गड्डी र एउटा गलैंचा पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]