०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

लमजुङ – बहिनी पर्ने बालिकालाई करणी गरेको आरोपमा लमजुङ प्रहरीले एक किशोरलाई पक्रेको छ । बेंसीसहर नगरपालिका ३ मा बसोबास गर्दै आएका १९ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

१२ वर्षीया बालिकालाई करणीको आरोपमा ती किशोरलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार राति ती किशोरलाई पक्राउ गरी बिहीबार लमजुङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको डीएसपी गंगाबहादुर थापाले बताए ।जिल्ला अस्पताल लमजुङमा सरकारी डाक्टर अहिले नभएको र सुन्दरबजार अस्पतालका डाक्टरले जबर्जस्ती करणीमा परेका महिलाको स्वास्थ्य जाँचका लागि तालिम नलिएको भनेपछि तनहुँको दमौलीस्थित जिल्ला अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । प्रहरीका अनुसार पछिल्लो समय फागुन १ गते बालिका र किशोरीबीच सम्पर्क भएको र त्यसअघि माघमा पटक–पटक सम्पर्क भएको भन्दै उजुरी परेको थियो । पढ्न साथै टिकटक बनाउन भनी बालिका प्राय:किशोरको घरमा आउजाउ गर्दै आएकी थिइन् । घरमा कोही नभएको मौकामा किशोरले हाडनाताले बहिनी पर्ने बालिकालाई पटक–पटक करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धान गरी किशोरविरुद्ध जबर्जस्ती करणी अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]