सप्तरी – पुरातत्व विभागका पूर्वप्रमुख साथै लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रथम रजिस्ट्रार, प्रसिद्ध इतिहास र संस्कृतिका अन्वेषक लेखक डाक्टर खड्गमान श्रेष्ठको निधन भएको छ ।
केही वर्षदेखि बिरामी रहनुभएका उहाँको शनिबार काठमाण्डौको नर्भिक अस्पतालमा निधन भएको परिवारका सदस्यले बताएका छन् । उहाँले काठमाण्डौको पचली भैरव क्षेत्र विकास समितिका प्रथम अध्यक्ष भएर पनि कार्यावधि पूरा गर्नुभएको थियो ।
नेपालमा बुद्ध धर्म विषयमा विद्यावारिधि गर्नुभएका श्रेष्ठले स्वयम्भू महाचैत्यबारे पनि अनुसन्धानात्मक पुस्तक लेख्नुभएको छ ।