२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

काठमाडौं – गैंडा मारी खाग बिक्री गरेको मुद्दाका फरार ३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सल्यान शारदा नगरपालिका-५ बस्ने राजेन्द्र क्षेत्री भन्ने ३१ वर्षीय पुरन रेउले, काभ्रेपलाञ्चोक मन्डन देउपुर नगरपालिका-१० ज्यामिरे बस्ने आशिष लामा भन्ने ४८ वर्षीय आइत तामाङ र रसुवा नौकुण्ड गाँउपालिका-३ बस्ने ज्वाला भन्ने ३६ वर्षीय ज्ञान बहादुर रुम्वा रहेका छन् ।चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री व्यवसाय गरेको मुद्दाका फरार प्रतिवादीहरुलाई खोजी गर्ने क्रममा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पुरन रेउलेलाई काठमाडौं धापासीबाट तथा आइत तामाङ र ज्ञान बहादुर रुम्वालाई सितापाईलाबाट पक्राउ गरेको हो ।

उनीहरुले गैंडाको खाग ओसारपसार एवं खरिद विक्री गर्न प्रयोग गरेको ना.२ च १४५८ नम्बरको गाडी र १ थान हतकडीको चाबी समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई बरामद सामान सहित आवश्यक कानूनी कारवाहीको लागि बिहीबार चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा, चितवनमा पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

साथै सोही मुद्दामा संलग्न रहेका अन्य ४ जना अभियुक्तहरुलाई व्यूरोबाट खटिएको प्रहरीले यसभन्दा अगाडि नै काठमाडौंको विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवनमा पठाएको समेत ब्यूरोले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]