१३ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

विराटनगर – मोरङमा गाउँका अगुवा र छिमेकीको दबाबका कारण एक सातासम्म ‘गुपचुप’ पारिएको बालिकामाथि बलात्कार प्रयासको घटना सार्वजनिक भएको छ।

‘गुपचुप’ पार्न खोजिएको मोरङको जहदा गाउँपालिका–१ मा ११ वर्षीया बालिकामाथि एक पुरुषले बलात्कार प्रयास गरेको घटना ढिलो गरेर सार्वजनिक भएको हो। सबैतिरको दबाब झेल्दै न्यायका लागि प्रहरीसम्म पुग्न नसकेका उनका आफन्त त्यसलाई चिर्दै कानुनी लडाइँमा निस्किएका छन्। बलात्कार प्रयास भएको जानकारी दिन पीडित पक्ष इलाका प्रहरी कार्यालय रानीमा आएपछि घटना बाहिरिएको हो। घटनामा संलग्नविरुद्ध बिहीबार प्रहरीमा किटानी जाहेरी परेको छ। बालिकालाई चिनजानकै व्यक्तिले बलात्कारको प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ।प्रहरीमा जाहेरी पर्नुअघि नै घटनामा संलग्न ४५ वर्षीय राजेन्द्र सरवरीया फरार बनिसकेको पाइएको छ। प्रहरीले उनको खोजी तीव्र पारिएपनि फेला भने पार्न नसकिएको जानकारी दिएको छ। पीडित पक्षले बालिकामाथि पटक/पटक बलात्कारको प्रयास भएको जानकारीसहित सरवरीयाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका हुन्। जाहेरी अनुसार बालिकामाथि फागुन ६ गते दिउँसो ४ बजेतिर पहिलो पटक बलात्कारको प्रयास भएको थियो।

सरवरीयाले फकाईफुल्याई बाटैबाट नजिकैको मकै बारीमा लगेर बलात्कार प्रयास गरेको पाइएको प्रहरीले जनाएको छ। मकै बारीमा लगेर कपडा खोलिदिन थालेपछि आफू भागेर बलात्कार हुनबाट बचेको बालिकाले बताएकी छन्। त्यसको दुई दिनपछि पनि आफूमाथि सरवरीयाले पुनः बलात्कार प्रयास गरेपछि उनले घटनाका बारेमा आफन्तलाई जानकारी दिएकी हुन्। बलात्कार प्रयासको हल्ला सबैतिर फैलिएपछि गाउँकै अगुवाले मिलाएर घटनालाई ‘गुपचुप’ राख्दै मिलाउने र पीडित पक्षलाई प्रहरीसम्म पुग्न नदिने हिसाबमा मिलापत्रको तयारी गरेको पाइएको प्रहरी स्रोतले बतायो। सबै लागेर गाउँमै मिल्नुपर्ने दबाब दिएका कारण आफूहरु घटना भए लगत्तै प्रहरी कार्यालयमा आउन नसकेको पीडित पक्षले बताएका छन्।‘गाउँका अगुवाले प्रहरीमा जान नदिइकन छलफल गरेर बालिकामाथि भएको बलात्कार प्रयास घटनालाई मिलाउने तयारी गरेछन्। पैसा लिएर मिल्नुपर्छ भन्ने प्रस्ताव पनि राखेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘प्रहरीमा नजान दबाब दिँदै पीडितलाई विभिन्न धम्की दिने र प्रलोभनमा पार्ने काम पनि भएछ। तर अहिले किटानी जाहेरी परिसक्दा घटनामा संलग्न व्यक्ति भने फरार बनिसकेका छन्।’

प्रहरीले घटनालाई मिलाउने प्रयास गर्ने र पीडित पक्षलाई मिल्न दबाब दिनेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले ढिलो गरेर घटनाका बारेमा प्रहरीले जानकारी पाएको र पीडक भनिएका व्यक्ति फरार भइसकेको बताए। ‘एक साताअघिको घटना रहेछ। तर प्रहरीमा भने ढिलो गरेर जानकारी आयो,’ उनले भने, ‘प्रहरी पक्राउका लागि जाँदा घटनामा संलग्न व्यक्ति भागिसकेका रहेछन्। सबै कोणबाट घटनाको अनुसन्धान सुरु गरेर सम्भावित स्थानलाई लक्षित गर्दै उनको खोजी तीव्र पारिएको छ।’
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाको नेतृत्वमा विशेष टोली परिचालित छ। थापा नेतृत्वको टोलीले बलात्कार प्रयास गर्ने व्यक्ति लुकेर बसेको हुनसक्ने सम्भावित स्थानहरुलाई लक्षित गर्दै खोजी व्यापक बनाएको छ।

प्रहरीका अनुसार बालिकाको परिवारमा बुवाआमा छैनन्। आर्थिक अवस्था अत्यन्तै नाजुक छ। आमाको पहिल्यै मृत्यु भइसकेको र बुवा पनि लगभग नौ वर्षदेखि बेपत्ता रहेको डीएसपी राईले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]