०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

मुम्बई – भारतीय धनाड्य उद्योगपति मुकेश अम्बानीको घर बाहिर भेटिएको शंकास्पद कारका बारेमा अनुसन्धान भइरहेको छ ।

क्राइम ब्राञ्च र एटीएसले यस बारेमा अपराधि पत्ता लगाउने कोशिशका जुटेका छन् ।यही क्रममा गाडिमा जुन पत्र भेटिएको छ, त्यसले ठूलो कुराको खुलासा गरेको छ ।उक्त शंकास्पद कारमा भेटिएको पत्रमा भनिएको छ –‘यो त केवल एउटा ट्रेलर मात्र हो । नीता भाउजू, मुकेश दाई यो त केवल एउटा झलक हो । अघिल्लो पटक सामान पूरा भएर तिमीहरु कहाँ आउने छ र त्यसको पूरा व्यवस्था पनि भइसकेको छ ।’

मुम्बईमा मुकेश अम्बानीको मुम्बईस्थित निवास एन्टिलिया बाहिर बिहिबार एउटा स्कार्पियो कार भेटिएको छ, जसमा जिलेटिन स्टिक पाइएको थियो ।त्यसपछि त्यहाँ त्यसको अनुसन्धान भइरहेको छ र सुरक्षा पनि बढाइएको छ ।

स्कोर्पियोमा मुम्बई इन्डियन्सको ब्याग :
सूत्रका अनुसार यस गतिविधिलाई अन्तिम रुप दिनका लागि लामो समयदेखि योजना बनाइरहेको थियो ।

तिमीहरु शंकास्पद गाडीलाई अम्बानीको घरको अझ नजिक रोक्न चाहान्थे तर धेरै सुरक्षाका कारण यो हुन सकेन ।

उनीहरुले अम्बानीको परिवारका हरेक गतिविधिमा नजर राखिरहेका थिए ।हरेक कुनालाई ट्रयाक गरिएको थियो ।सूत्रका अनुसार जून स्कपियो कार भेटिएको थियो, त्यसको सीटमा मुम्बई इन्डियन्सको ब्याग राखिएको थियो ।

मुम्बई इन्डियन्स आईपीएलको क्रिकेट टीम हो, जसका मालिक मुकेश अम्बानी नै हुन् ।त्यस ब्याग भित्र धम्किले भरिएको पत्र राखिएको थियो ।

जुन व्यक्तिले उक्त स्कोर्पियो त्यहाँ पार्क गरे, उनी त्यो गाडिलाई त्यहीँ छाडेर इनोभा कारमा बसेर अगाडि बढे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]