१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

नयाँदिल्ली – भारतले सामाजिक सञ्जाल र डिजिटल सामग्रीलाई नियमन गर्ने गरी नयाँ कानुन ल्याउने भएको छ । आगामी ३ महिनाभित्रै त्यस्तो कानुन कार्यान्वयनमा आउने केन्द्रीय कानुनमन्त्री रविशंकर प्रसाद र सञ्चारमन्त्री प्रकाश जाबेडकारले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाए ।

सामाजिक सञ्जालहरूले भारतमा राम्रै व्यापार गरिरहेको उल्लेख गर्दै मन्त्री प्रसादले पछिल्लो केही समययता यस्ता प्लेटफर्मलाई गैरजिम्मेवार रूपमा प्रयोग गरिएको गुनासा धेरै आइरहेको बताए । हिंसालाई बढावा दिने, अश्लील सामग्री सेयर गर्ने, दोस्रो देशका नागरिकका सामग्रीको प्रयोग गर्नेजस्ता गुनासा आएकाले त्यसलाई हटाउन उक्त कानुन ल्याउन लागिएको उनको भनाइ छ ।उनका अनुसार सामाजिक सञ्जाल कम्पनीहरूले गुनासो सुन्ने संयन्त्र बनाउनुपर्नेछ । प्रयोगकर्ताको गरिमालाई मध्यनजर गर्दै कुनै गुनासो आएमा २४ घण्टाभित्र त्यस्ता सामग्री हटाइसक्नुपर्नेछ ।‘फेक अकाउन्ट’ निरुत्साहित गर्न कम्पनीलाई प्रयोगकर्ताको अधिकतम जानकारी राख्न भनिएको छ । कुनै पनि सामग्रीबारे अदालत या सरकारले जान्न चाहेमा त्यसबारे कम्पनीले सबै जानकारी दिनुपर्ने व्यवस्था हुनेछ । ‘अश्लील सामग्री, बलात्कारसँग सम्बन्धित भिडियोलाई फैलन नदिन यस्तो व्यवस्था जरुरी भएको हो,’ उनले भने, ‘यसको उद्देश्य प्रयोगकर्तालाई अधिक शक्ति दिनु हो ।

कुनै लक्षित सामग्री हटाइन्छ भने यसबारे कम्पनी जवाफदेही हुनुपर्नेछ ।’ भारतमा हाल ५३ करोड ह्वाट्सएप, ४४.८ करोड युट्युब, ४१ करोड फेसबुक, २१ करोड इन्स्टाग्राम र १.७५ करोड ट्वीटर प्रयोगकर्ता छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]