०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १३, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ।

सर्वोच्चको आदेशपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठक बोलाउन तयार भएका छन्।अब प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ दिनभित्र बैठक आव्हवान गर्ने छिन्। संसद पुनःस्थापना भएसँगै सांसदहरुको पनि जागिर पुनःस्थापना भएको छ।

सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने छन्।सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन असंवैधानकि भएकाले त्यतिबेलादेखि नै कानुनी प्रभाव शून्य रहने गरी बदर गरिदिएको थियो। पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए।सांसदहरूको मासिक करिव ६५ हजार रूपैयाँ वुझ्ने गरेका छन्। यो हिसावले मासिक झण्डै एक करोड ८० लाख रूपैयाँ प्रतिनिधिसभाका सांसदको तलबभत्तामा खर्च हुन्छ।प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको केही बढी छ। यो अवधिमा बैठक बसेको भए उनीहरूले बैठक भत्ता र यातायात सुविधा पाउने थिए।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरिदिएपछि २७५ जना सांसदहरुको तलब रोक्का भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]