१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १३, २०७७

वीरगञ्ज – बारामा स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

मोटरसाइकलमा रहेका दुईजनालाई रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत बिहारको पूर्वी चम्पारण ग्राम पञ्चायत–७ नरकटियाका ३५ वर्षे चन्द्रशेखर प्रसाद र मोटरसाइकलमा पछाडी सवार ३८ वर्षका संजय कुमार रहेको बारा प्रहरीले जानकारी दिएको छ ।कलैया उपमहानगरपालिका–८ बरेवा स्थित कलैया–मटिअर्वा सडकखण्डमा प्रहरीले बीआर ०५ के ०७९८ नम्बरको भारतीय मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा उक्त रकम बरामद गरिएको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।प्रहरीले स्रोत नखुलेको एक हजार दरको १७ सय ७२ थान र ५ सयको दरका १५ सय २६ थान नोट फेला पारेको हो ।

स्रोत नखुलेको रकमसहित पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]