०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १३, २०७७

काठमाडौं – काठमाडौंको गोठाटार बस्ने २४ वर्षीया विद्या तिमल्सिना सोमबारबाट घरमा आइनन् । बुधबार (फागुन १२)मा परिवारकै एक सदस्यको मोबाइलमा धम्कीपूर्ण म्यासेज आयो ।

बुहारीको नम्बरमा आएको म्यासेज यस्तो थियो–‘तिमीहरुलाई यो केटी चाहिन्छ भने पुलिसलाई नभन बुझिस् । ५ लाख लिएर आउनु, छोरी मसँग झापामा छ ।’म्यासेज विद्याकै नम्बरबाट गरिएको थियो । फिरौती मागेर धम्कीपूर्ण म्यासेज आएपछि परिवार प्रहरीकहाँ पुगे । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोली उनको खोजीमा लाग्यो । अनुसन्धानबाट विद्या कालिमाटीमा रहेको खुल्यो । कालिमाटीबाट उनलाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।‘अपहरण त होइन,’ एसपी बस्नेतले भने–‘आफै नाटक गरेको अनुसन्धानबाट खुलेको छ ।’ गोठाटारबाट हिँडेकी विद्या सप्तरी पुगेर काठमाडौं फर्किइन् ।

अपहरणको नाटक ;

चावहिलको लक्ष्य बचत तथा ऋण सहकारीमा काम गर्ने विद्याले केही दिनअघि जागिर छाडिन् । जागिर छाड्दा सहकारीमा उनको नाममा केही हजार पैसा बेरुजु देखियो । सो पैसा तिर्न बाँकी थियो । त्यही पैसा तिर्नका लागि आफ्नो बुवासँग पैसा लिने नियतले अपहरणको अभिनय गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

बुधवार राति कालीमाटीमा प्रहरीले भेट्टाएपछि उनले भनेकी छिन्–‘मेसेज मैले नै लेखेको हुँ, कसैले अपहरण गरेको छैन ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]