१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १२, २०७७

काठमाडौं- काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको मेडिकल डाइरेक्टरमा डा हरिश जोशी नियुक्त भएका छन् ।अस्पतालमा आज आयोजित एक समारोहका बीच डा जोशीले पदभार ग्रहण गरेका छन्।

ॐ अस्पताल संचालक समितिका अध्यक्ष समेत रहेका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा आनन्द प्रसाद श्रेष्ठले उनलाई स्वागत गरेका थिए।

अध्यक्ष डा श्रेष्ठले डा जोशी एक अत्यन्त दक्ष चिकित्सकका साथै कुशल व्यवस्थापक समेत रहेको जिकिर गर्दै उनको नेतृत्वमा अस्पतालको चिकित्सा सेवा थप व्यवस्थित र सुदृढ हुने विश्वास व्यक्त गरे।

समारोहमा आफ्नो संक्षिप्त मन्तव्य राख्ने क्रममा नवनियुक्त मेडिकल डाइरेक्टर डा जोशीले ॐ अस्पताल नेपालको निजी क्षेत्रबाट सञ्चालित अग्रणी सेवा प्रदायक भएको उल्लेख गर्दै अब समय सापेक्ष सुधारसँगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

सो अवसरमा विश्ननाथ कोइराला र नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ तथा कर्मचारी युनियनका अध्यक्ष केशव चौलागाईंले स्वागत मतव्य राखेका थिए।

ॐ अस्पतालको स्थापनाकालदेखी नै सेवारत डा जोशीले यस अघि पनि लामो समयसम्म ॐ अस्पतालको मेडिकल डाइरेक्टरको रुपमा काम गरिसकेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]