१५ फाल्गुण २०७७, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०९, २०७७

भारतमा फेरि कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ। केही दिनयता संक्रमित बढेपछि कोरोनाको दोस्रो लहर आउनसक्ने  चिन्ता गरिएको छ।

केही सातायता भारतमा संक्रमितको संख्या घट्दै गइरहेको थियो। तर, दुई दिनयता ६ राज्यमा संक्रमितको संख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।पछिल्लो समय पुष्टि भएका संक्रमितमा नयाँ भेरियन्ट पनि देखिएको छ। जुन यसअघि बेलायतमा देखिएको थियो। संक्रमितको संख्या फेरि बढ्नु र नयाँ भेरियन्ट देखिँदा भारतमा दोस्रो लहर आउनसक्ने विज्ञहरूले अनुमान गरेका छन्।भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, निको हुनेभन्दा संक्रमितको संख्या बढी हुन थालेको छ। शनिबार १३ हजार ९१९ संक्रमित थपिए भने ११ हजार ४१२ जना निको भए। जब कि केही दिनअघिसम्म नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी थियो।

संक्रमण बढ्दै गएका ६ राज्यमा महाराष्ट्र, केरल, मध्यप्रदेश, गुजरात, राजस्थान र दिल्ली रहेका छन्। महाराष्ट्रमा शनिबार ६ हजार २८१ संक्रमित थपिएका छन्, जब कि दुई हजार ५६७ जना निको भएका छन्। महाराष्ट्रमा संक्रमितको संख्या २० लाख ९३ हजार ९१३ पुगेको छ भने ५१ हजार ७५३ जनाको मृत्यु भएको छ। अझै ४८ हजार ४५३ जनाको उपचार चलिरहेको छ।त्यस्तै, केरलमा शनिबार चार हजार ६५० नयाँ संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या १० लाख ३० हजार ५८८ पुगेको छ भने चार हजार ७५ जनाको मृत्यु भइसकेको छ। अहिले पनि ५८ हजार ६०९ जनाको उपचार चलिरहेको छ।मध्यप्रदेशमा पनि शनिबार २५७ जनामा कोरोना देखिएको छ। संक्रमितको संख्या दुई लाख ५९ हजार १२८ पुगेको छ भने तीन हजार ८५० जनाको मृत्यु भएको छ।गुजरातमा शनिबार २५८ जना संक्रमित थपिएका छन्। अहिलेसम्म दुई लाख ६६ हजार ८२१ जनामा संक्रमण देखिएको छ भने चार हजार ४०४ जनाको मृत्यु भएको छ।यसैगरी राजस्थानमा ९८ जनामा कोरोना देखिएको छ। योसँगै संक्रमितको संख्या तीन लाख १९ हजार ४६१ पुगेको छ भने दुई हजार ७८५ जनाको मृत्यु भइसकेको छ। अहिले पनि एक हजार ३०० जनाको उपचार चलिरहेको छ।दिल्लीमा शनिबार थप १५२ जनामा संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या ६ लाख ३७ हजार ७५५ पुगेको छ। दिल्लीमा १० हजार ८९८ जनाको मृत्यु भइसकेको छ। अहिले एक हजार २५ जनाको उपचार चलिरहेको छ।

अहिलेसम्म भारतमा संक्रमितको संख्या एक करोड नौ लाख ९१ हजार पुगेको छ। जसमध्ये एक करोड ६ लाख निको भएका छन् भने एक लाख ५६ हजार ३३९ जनाको मृत्यु भएको छ। अहिले एक लाख ४२ हजार ६९१ जनाको उपचार चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]