सप्तरी प्रहरीले सुरुङगा नगरपालिका वडा नं.४ स्थित पुर्ब पश्चिम राजमार्ग अन्तर्गत बलान खोलाको पुलवाट अबैध समान सहित मानिसलाई अाज पक्राउ गरेको छ ।
सप्तरीको सुरुङगा न.पा. वडा नं.४ स्थित पुर्ब पश्चिम राजमार्ग अन्तर्गत बलान खोलाको पुलमा गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरवोनावाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारत बाट नेपाल तर्फ भंसार चोरी छलि गरी तिन वटा मोटरसाईकलमा सामानहरु ल्याईरहेको अबस्थामा उनीहरुलाई रोकी चेकजाँच गर्न क्रममा बीआर०७सी७०२७ नम्बरको मोटरसाईकल र बीआर५५एच२२३५ नम्बरको मोटरसाईकलमा सबार दुई जना मानिस सामानहरु छाडी सोही ठाउँबाट फरार भएको छ भने बा.२५.प ५८३० नम्बरको मोटरसाइलमा सबार चालक जिल्लाको सुरुङगा न.पा वडा नं.४ का बर्ष ४२ को राम ओतार यादव र सिरहा भगवानपुर गा.पा वडा नं.४ का बर्ष २३ को मो.नसिरुदिनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहर िकार्यालय सप्तरीका प्रवक्ता भुवनेश्वर साहले जनाएको छ ।
पक्राउको साथवाट ट्रयाक सुट पाईन्ट २६५ पिस,भेष्ट २४२ पिस,हाफ पाईन्ट १३४,. बीआर०७सी७०२७ नम्बरको मोटरसाईकल र बीआर५५एच२२३५ नम्बरको मोटरसाइकल र बा.२५.प ५८३० नम्बरको मोटरसाइल समेत परामद गरेका प्रहरीले जनाउको छ।