सिमरा- बारामा मालपोत कार्यालयका प्रमुख र लेखापढी व्यवसायी पक्राउ परेका छन् ।
शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टंगालबा खटिएको टोलीले सिमरा उपमहानगरपालिका–२२ जर्गा होटलबाट नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई ६ लाख घुस रकमसहित पक्राउ गरेको हो।
अख्तियारका अनुसारदुबैले सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भन्दै फुकुवा गराउने प्रक्रिया मिलाएबापत घुस मागेका थिए ।
जग्गा फुकुवा गराइदिएबापत रकम माग गरिरहेको सूचनाका आधारमा गएको टोलीले घुस लिइसकेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु माथि थप अनुसन्धान भईरहेको आयोगले जनाएको छ ।