०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताउनुभएको छ ।

शुक्रबार ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चुनावका लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताउनुभएको हो ।नागरिकले निर्वाचन आयोगको तयारी थाहा नपाएको उहाँको भनाइ छ । निर्वाचन आयोगले नागरिकले थाहा पाउने गरी समयमै चुनाव गर्न तयारी गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘चुनाव गर्नुपर्ने निकायले चुनावकाे तयारी समयमा गर्नुपर्दछ । मैले ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचन आयोगलाई दुई महिना एक दिनअघि नै अब चुनावकाे तयारी गर्नुस् भन्या छु ।

मैले अस्ति गएर सोधे, तयारी गरिरहेका छौँ भन्नुभयो तर कार्यक्रम प्रकाशित भएको छैन । केही भएको छैन । के तयारी गर्दै हुनुहुन्छ त्यति राम्रो देखिएको छैन । नागरिकलाई निर्वाचन आयोगको तयारी त्यति थाहा पाएजस्तो लाग्दैन । नागरिकले थाहा पाउने गरी निर्वाचन आयोगले समयमै चुनाव गर्ने गरी, यहाँ कतिपय तत्त्वहरूले घाेषणा गरेकाे चुनाव गराउन होइन भन्ने आरोप लगाउन खोजेका छन् तर चुनाव तोकिएकै मितिमा गर्नका लागि मिति घोषणा गरिएको हो । त्यसका विरुद्ध कुनै प्रकारको षड्यन्त्र नहोस् भन्न म चाहान्छु ।’प्रधानमन्त्री ओलीले चुनाव गराउँदा संविधान नमिचिने बताउनुभयो । ‘वैशाखमा चुनाव हुन्छ, सरकार बन्छ अनि संविधान कहाँ मिचियो ?’ उहाँले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो ‘चुनाव हुँदा संविधान मिचिन्छ, लोकतन्त्र समाप्त हुन्छ भने अब डेढ वर्षपछि त लोकतन्त्र कुनै हालतमा बाँच्ने भएन नि त नेपालमा ।’

प्रधानमन्त्री ओलीले चुनावले लोकतन्त्र समाप्त नहुने दाबी गर्नुभयो । लोकतन्त्रविरुद्ध षड्यन्त्र हुन थाल्यो भने नागरिककाे बीचमा जानुपर्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]