इटहरी – सुनसरीको इटहरीस्थित बिहीबार दिउसै घरको ताला फुटाएर लाखौको गरगहना र नगद चोरी गरी भाग्ने क्रममा एक जना पक्राउ परेका छन ।
इटहरी उपमहानगर २ भद्रटोल स्थित स्थानीय सावित्रा भण्डारीको घरमा बिहीबार दिउसो ताला फोडेर १२ तोलाको सुनको गरगहना ,तथा नगद चोरी गरी फरार हुन खोज्दा स्थानीयले नियन्त्रणमा लिइ प्रहरीमा बुझाएका छन ।घरका सबै सदस्य तेश्रो तल्लामा रहेको र केहि तलको किराना पसलमा रहेकै बेला मौकाको फाइदा उठाइ भित्र छरेर चोरी गरी फरार भइसकेका ब्याक्तिलाइ स्थानीयहरूले इटहरीको इम्पेरियल होटलको कम्पाउण्डबाट नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका हुन ।
स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका ब्याक्ति मक्वानपुर जिल्लाको हेटौडा उपमहानगर २ घर भएका २९ वर्षिय मनिष घिमिरे रहेका छन ।उनको साथबाट प्रहरीले १२ तोला सुनका गरगहना , सावित्र भण्डारीको नाममा काटिएको रू १८ लाख ४५ हजारका बिभिन्न बैंकका चेक , डिल्लीबहादुर भण्डारीको नामको सानीमा बैंकको एटीएम कार्ड , र नदग ६० हजार ४२४ रूपैया बरामद गरेको छ ।
पक्राउ परेका ब्याक्तिले नशालु पदार्थ सेवन गर्ने गरेको र सिरिञ्जको समेत प्रयोग गर्ने गरेको अनुशन्धानको क्रममा खुलेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । निजलाइ जिल्ला अदालत सुनसरीबाट म्याद थप गराइ आवस्यक कार्वाहि प्रकृिया अघि बढाइएको प्रहरीले बताएको छ ।