सप्तरी – हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको अनुमान गरिएको छ।
भोलि देशभर पहाडी भु-भागहरूमा आंशिक बदली रहने तथा प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पर्सि प्रदेश १ का एक/दुई स्थानहरूमा हल्का वर्षाको अनुमान गरिएको छ।