११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, कार्तिक ०५, २०७७

सप्तरी – प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशमा बुधबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै प्रदेश २ र कर्णाली प्रदेशमा आंशिक बदली रहने छ भने मुलुकका अन्य भूभागमा दिउँसोको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्।

प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

यस्तै बुधबार राति देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना रहेको मौसमविदको भनाई छ।

अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहको छ।

हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसमविदले बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]