११ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, कार्तिक ०४, २०७७

सप्तरी- रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी भएको छ ।

सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा रहेको एभरेष्ट आयल सप्लायर्समा ट्यांकरबाट जमिनमुनिको ट्यांकीमा इन्धन खनाउने क्रममा सोमबार राति पौने ८ बजे एक्कासी आगलागी भएको हो ।

आलगागीबाट लु २ ख १५४१ नम्बरको ट्यांकर पूर्णरुपमा नष्ट भएको र ट्यांकरमा रहेको ३० हजार लिटर डिजल पनि नष्ट भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट इन्धन खन्याउने मेशिन अपरेटर नारायण खनालको हात खुट्टा पोलेर सामान्य घाइते भएका रुपन्देही प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।

सिद्धार्थनगर, तिलोत्तमा र बुटवल नगरपालिकाबाट गएका दमकलले आगलागी नियन्त्रणमा लिएका थिए । पेट्रोल पम्प तथा नजिकका घरहरुमा क्षति हुनबाट जोगाएको डीएसपी खत्रीले बताए । ‘समयमै दमकलहरु आएर आगलागी नियन्त्रण भएकाले ठूलो दुर्घटना तर्यो ,’ डीएसपी खत्रीले बताए । आगलागी कसरी भयो भन्ने खुलेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]