१७ मंसिर २०८०, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, कार्तिक ०३, २०७७

विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारी र उक्त महामारी बाट बच्न अपनाएको बन्दाबंदीको चपेटामा परि पारिवारिक गुजारा चलाउनको निम्ति कठिनाई भएका परिवारहरुलाई सबल नेपालले खाधान्न, शैक्षिक तथा सफाई सामग्री र बेबी प्याक सहयोग गरेको छ ।

जिल्लाकाे खडक नगरपालिका तथा सुरुंगा नगरपालिकाको अति प्रभावित १६८ परिवारहरुलाई प्रति परिवार रु ८६२५ बराबरको खाधान्न र आवश्यकता अनुसार रु २५०० पर्ने शैक्षिक सामग्री , रु १००० पर्ने बेबी प्याक सेभ द चिल्ड्रेनको सहयोगमा वितरण गरिएको हो । सप्तरीको सुरुङ्गा नगरपालिका स्थित कदमाहा बाट सुरुवात गरिएको उक्त कार्यक्रमको उदघाटन मेयर मुक्ति नाथ चौधरीले गर्दै नगरपालिकाक सबै प्रभावित परिवारहरुलाई सहयोग गर्ने योजना रहेको र उक्त योजनामा सबल नेपाल र सेभ द चिल्ड्रेनले एउटा आयाम थपेको कुरा बताउनुभयाे ।

महामारीको बेला अनावश्यक भिड र झन्झट न्यूनीकरण गर्नका लागि प्रभु बैंक लिमिटेडको प्राविधिक सहयोगमा ख्यगअजभच त्चबलकाभच एचयनचबm मार्फत उक्त सामग्रीहरु प्रभावित परिवारहरुलाई भौचर कोडलाई उपलब्ध गराई छुटा छट्टै तोकिएको पसलमा सेवाग्राहीले सजिलै सामग्री संग साट्न गरि व्यवस्था मिलाएको कुरा सबल नेपालका कार्यकारी निर्देशक दिपक झाले जानकारि दिएका छन । यस अघि सबल नेपालले नै बन्दाबन्दिको कारण जीविकोपार्जन र रोजगार गुमाएका १५० बढी परिवारलाई सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]