१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, कार्तिक ०२, २०७७

सप्तरी – प्रदेश २ सरकारले प्रदेश प्रहरीमा भर्ना लिनका लागि आन्तरिक तयारी थालेकाे छ। चाँडपर्व सकिएलगत्तै प्रदेश प्रहरीमा भर्ना लिने प्रदेश सरकारले निर्णय गरेकाे छ।

आइतबार प्रदेश २ को मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रहरी भर्ना प्रक्रिया सुरु गर्न लागिएको बताए। दशैं, तिहार र छठ पर्व सकिएलगत्तै प्रदेश प्रहरीका लागि भर्ना खोलिने यादवले बताए।

प्रदेश २ सरकारले प्रहरी निरीक्षकसम्म भर्ना लिनेछ। प्रहरी निरीक्षकसँगै असई र प्रहरी जवानको भर्ना लिइने उनले बताए।

त्यस्तै, प्रदेश सभाको चौथो अधिवेशन अन्त्य गरिने भएको छ। प्रदेश सरकारको कर्मचारीहरुको सरुवा तथा काजसम्बन्धी कार्यविधि २०७७ पनि स्वीकृत गर्ने प्रदेश मन्त्रिपरिषदले निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]