१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

सप्तरी – खानेपानी मन्त्री मणि थापाले मेलम्चीको पानी काठमाडौं उपत्यकामा भित्रिएपछि त्यसको समान वितरण हुनुपर्ने बताउनुभएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको तेह्रौं वार्षिकोत्सव कार्यक्रममा मन्त्री थापाले निजी क्षेत्रको कार्यालयले जसरी परिणाममुखी काम सरकारी कार्यालयहरूले पनि गर्न सक्नुपर्नेमा जोड दिनुभयो । मेलम्चीको पानी उपत्यकामा वितरण गर्न नसके स्थिति भयावह हुने बताउँदै मन्त्री थापाले काम गर्न नसक्नेलाई फेर्ने बताउनुभयो ।

मेलम्ची नदीदेखि सुन्दरीजलसम्मको करिब २६ किलोमिटर लामो सुरुङ्गमार्गबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकाभित्र ल्याउने उद्देश्य लिइएको छ । यसै गरी क्रमशः दोस्रो चरणमा याङ्ग्री र लार्के नदीबाट दैनिक १७÷१७ करोड लिटर गरी जम्मा ५१ करोड लिटर पानी काठमाडौंमा ल्याउने दीर्घकालीन लक्ष्यका साथ मेलम्ची खानेपानी आयोजनामा काम भइरहेको छ । मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्ने वित्तिकै पुरानो वितरण प्रणालीमार्फत वितरण गर्ने र नयाँ प्रणलीको परीक्षण पनि सँगसँगै अघि बढाउने योजना लिमिटेडको छ ।

हाल काठमाडौंमा दैनिक पानीको माग ४३ करोड लिटर रहेको छ भने वर्षेनि करिब १० प्रतिशत पानीको माग थपिन्छ । काठमाडौंमा वर्षायाममा कुल १५ करोड लिटर तथा सुख्खा याममा ८ करोड लिटर पानीको वितरण भएरहेको छ । यो वर्ष ट्युबवेलहरू पूर्ण रुपले सञ्चालन हुन पाएकाले दैनिक १ करोड लिटर पानी उत्पादनमा वृद्धि भएको केयुकेएलले जनाएको छ ।

अहिले उपत्यकामा ट्याङ्करमार्फत दैनिक पाँचदेखि ६ करोड लिटर पानी आपूर्ति हुन्छ । यस्तै, जारमार्फत् करिब २० लाख र बोतलमार्फत् करिब अढाई लाख लिटर पानी व्यवसायीले बिक्री गर्दै आएका छन् । ट्युबवेल, प्राकृतिक धारा, कल र बोरिङबाट पनि उपत्यकावासीले पानीको आवश्यकता टार्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]