
विराटनगर – मोरङ प्रहरीको ‘क्विक रेस्पोन्स टिम’ले विराटनगर–१५ हुलास मेटल नजिकबाट चार केजी गाँजासहित दुईजनालाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीले को २ ह ७२४१ नम्बरको अटोलाई शंका लागेर चेकजाँच गर्दा कार्टुनमा लुकाएर राखिएको चार केजी गाँजा बरामद गरेको हो ।प्रहरीले सुनसरी इटहरी–५ का ५२ वर्षीय तेजबहादुर राई र अटो चालक पदमबहादुर राईलाई समेत त्यस क्रममा नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।
उनीहरुले नेपालबाट अवैध रुपमा भारत लैजादैं गरेको गाँजा बरामद गरिएपछि लागु औषध कसुरमा थप अनुसन्धान भईरहेको थापाले जानकारी दिनुभयो ।