१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ३०, २०७७

गुल्मी । गुल्मीमा बालिका जबरजस्ती करणी गरेको आरोपमा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको मदाने गाउँपालिका वडानम्बर-४ म्यालपोखरी बिरौटाकी अन्दाजी १४ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मालिका गाउँपालिका वडानम्बर-४ अर्खाबाङका २९ वर्षका रमेश भन्ने जगतबहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।रानाले माघ २६ गते बेलुकी करिब ४ बजेतिर आफनो कोठामा लागि ललाई-फकाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।रानाले जबरजस्ती करणी गरेको भन्ने माघ २९ गते इलाका प्रहरी कार्यलय पुर्कोटदह गुल्मीमा जानकारी गराएका थिए ।जानकारी पाउन साथ प्रहरी नायव निरिक्षक दिपेश राईको कमाण्डमा प्रहरी टोलीले जगतबहादुर रानालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको प्रहरीले जनाएको छ ।

रानालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तम्घासमा ल्याई थप अनुसन्धान कार्य भइरहेको नायव उपरीक्षक (डीएसपी) पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]