११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

विराटनगर । विराटनगरमा घरजग्गाको कारोबार गर्दै आएका एक व्यक्ति बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–२ का ६० वर्षीय ज्ञानु प्रधानलाई बुधबार साँझ टोलबासीले कब्जामा लिई प्रहरीको जिम्मा लगाएका हुन् ।घर जग्गा किनबेचको कारोबार गर्दै आएका प्रधान बुधबार दिउँसो घर किन्ने ग्राहकलाई घर देखाउन एउटा घरमा पुगे । घरमा दुई दिदीबहिनी मात्र रहेको थाहा पाएपछि उनी पुनः साझ पनि त्यस घरमा पुगेका थिए । बेलुका घरमा रहेका दुई दिदीबहिनीलाई जबर्जस्ती गर्न खोजेपछि टोलबासीले कुटपिट गरेर प्रहरीमा बुझाएका हुन् ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले प्रधानलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जानकारी दिए ।छिमेकीका अनुसार पीडित युवतीका बुबा अमेरिकामा बस्दै आएका छन् । आमा पनि अमेरिका नै जाने तयारीमा छन् । अमेरिका जाने भएपछि घर बेच्न खोजेका थिए । घर बिक्री गर्नका लागि चिनजानकै प्रधानलाई आग्रह गरेका थिए । बुधबार दिउँसो ग्राहकलाई घर देखाउन प्रधान पुगे । ती छिमेकीका अनुसार आमा नभएको थाहा पाउदा पाउँदै बेलुका घरमा आई १७ वर्षीया किशोरीमाथि करणीको प्रयास गरे ।

किशोरीले प्रतिकार गरेपछि भेला भएका स्थानीयले निर्घात कुटिपिट गरी प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले प्रधानविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]