
सप्तरी_ सप्तरीको तिलाठि काेइलाडि गाउपालिका १ स्थित सशस्त्र प्रहरी बल नेपाल बाेर्डर अाउट पाेष्टका सशस्त्र प्रहरी निरिक्षक बिरुद्ध अाज स्थानीयबासिहरुले बृहत् प्रदर्सन गरेका छन ।

सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१४ रम्पुरा मल्हनियाका वडाअध्यक्ष सत्यनारायण यादवकाे नेतृत्वमा हजाराे स्थानीयबासिहरुले सशस्त्र प्रहरी निरिक्षक सुशील केसिकाे रिहाइको माग गर्दै बृहत् प्रदर्शन गरेका छन । तिलाठि स्थित सशस्त्र प्रहरी निरिक्षक केसिले सिमामा चाेरि तस्करी फष्टाउनुका साथे सर्वसाधारण जनताहरुलाइ दुख दिने कार्य गरेकाे भन्दै अार्काेशित स्थानीयबासिहरुले सशस्त्र प्रहरी बिरुद्ध प्रदर्शन गरेकाे वडाअध्यक्ष यादवले जानकारी दिनुभयाे । यता पछिल्लो दुई दिन अगाडि अाफुले एक जना स्थानिय सर्वसाधारणकाे छाेरिकाे बिवाहका लागि समानहरु ल्याउनकाे लागि सिफारिस गरेकाे तथा साे सिफारिस सशस्त्र प्रहरीले च्यात्तिएको भन्दै साेकाे बिरुद्ध अान्दोलन गरेकाे वडाअध्यक्ष यादवले बताउनुभयो । यस्तै पछिल्लोपटक साे नाकामा सिमा सुरक्षा दिने सशस्त्र प्रहरीले तस्करी फष्टाएकाे भन्दै स्थानियबासिहरुले बृहत् प्रदर्शन गर्नुका साथे सशस्त्र प्रहरी निरिक्षक केसिकाे सरुवाकाे समेत माग गरेका छन । यस्तै सशस्त्र प्रहरीले यस्तो कार्य नराेकेकाे खण्डमा अझै कडा अान्दोलन गर्ने चेतावनि स्थानिय सुर्य नारायण यादवले दिएका छन । यसेगरि पछिल्लोपटक सशस्त्र प्रहरीले अवेध समान पक्राउ गरेपछि बिना कारणले अटाे समातेर बुझाउने कार्य गरिरहेकाे अाराेप अटाे चालक उमेश कुमार यादवले अाराेप लगाएका छन । यदि सशस्त्र प्रहरीले यस्तो गेर कार्य नराेकेकाे खण्डमा अाफु अटाे चालकहरुले पनि सशस्त्र प्रहरी बिरुद्ध कडा अान्दोलन गर्ने चेताबनि अर्का अटाे चालक प्रभु यादवले दिएका छन ।

यता साे सम्बन्धमा सशस्त्र प्रहरीका प्रमुख एसपि राजु श्रेष्ठले समान्य विवाद भएको स्विकार्दै याे बिषयमा अावश्यक थप कुरा बुझ्ने कार्य भइरहेको बताउनुभयाे ।