१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

काठमाडौं– अबदेखि सरकारी अस्पतालहरुमा मात्रै कोभिड १९ को उपचार हुने भएको छ । यसअघि सरकारले सरकारी अस्पताल तथा मेडिकल कलेज अस्पतालहरुलाई कोभिड १९ उपचारका लागी भनी तोकेको थियो ।

कोभिड १९ को उपचारका लागि तोकिएका मेडिकल कलेजहरुमा बुधबारसम्म भर्ना भई उपचाररत संक्रमितहरुको अबको १० दिनसम्मको मात्रै शोधभर्ना उपलब्ध गर्ने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी सरकारी प्रयोगशालाहरुमा कोभिड १९ पिसीआर परीक्षणको शुल्क समायोजन गरी प्रति परिक्षण १ हजार रुपयाँ कायम गरिएको छ ।नेपालमा गएको २४ घण्टामा थप १ शय ३४ जनामा संक्रमण पुष्टि भएको छ । जम्मा ३५ शय ६७ पिसीआर परीक्षण भएकोमा ६३ जना महिला र ७१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो पटक थप १ शय १८ जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी कोभिड(१९ को संक्रमण भएर पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमणमुक्त हुने दर ९८।६ प्रतिशत पुगेको मन्त्रालयको तथ्याङ्क छ । हाल देशभर १७ शय ५३ जना सक्रिय सक्रमित रहेको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]